झ्याप्ले खोलामा पुरिएको गोरखाको बसबाट निकालियो पाँचवटा शव

हिमाल प्रेस १३ असोज २०८१ १५:४८
12
SHARES
झ्याप्ले खोलामा पुरिएको गोरखाको बसबाट निकालियो पाँचवटा शव शव निकाल्दै सुरक्षाकर्मीहरू

काठमाडौँ- झ्याप्ले खोला पहिरोमा पुरिएको गोरखाको बसभित्र पाँचजनाको शव भेटिएको छ। शुक्रबार जिल्लाको धार्चे गाउँपालिकाको लापुबेँसीबाट काठमाडौँका लागि छुटेको उक्त बस धादिङको झ्याप्ले खोलामा पुरिएको थियो। पुरिएको बसबाट पाँचजनाको शव निकालिएको गोरखा दरौँदी यातायात सेवा प्रालिका अञ्जन खत्रीले जानकारी दिए।

आज आइतबार उद्धारका क्रममा बेपत्ता भएको भनिएको ना ४ ख २२७० नम्बरको बस र भीमसेन थापा गाउँपालिका-४का बसका धनी तथा चालक मदन परियारको शव पहिचान भएको छ। खत्रीका अनुसार सहचाल धावाका विनय भट्टराई र फुजेलका नवराज तिवारीको शव फेला परेको छ।

दुईजना यात्रुमध्ये एकजना धार्चे गाउँपालिका- ७ खानीगाउँका २७ वर्षीय सुकबहादुर गुरुङ रहेको त्यहाँका वडाअध्यक्ष राकेश गुरुङले पुष्टि गरेका छन्। अर्का यात्रु सुकबहादुरकै सम्पर्कमा मुग्लिनबाट उक्त बसमा चढेका व्यक्ति भएको बताइएको छ। उनको पहिचान खुलेको छैन।

प्रकाशित: १३ असोज २०८१ १५:४८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one − one =