इजरायलकाे आक्रमणमा परी लेबनानमा सय बढीको मृत्यु

हिमाल प्रेस ७ असोज २०८१ १८:२३
12
SHARES
इजरायलकाे आक्रमणमा परी लेबनानमा सय बढीको मृत्यु तस्बिर : एपी

काठमाडौँ- इजरायलले लेबनानमा हिजबुल्लाहमाथि गरेको आक्रमणमा परी कम्तीमा सय जनाको मृत्यु भएको छ।

लेबनानको स्वास्थ्य मन्त्रालयले दक्षिणी लेबनानको सहर र ग्रामीण क्षेत्रमा भइरहेका यी आक्रमणमा परी कम्तीमा सय जनाको मृत्यु भएको जनाएको हो।

इजरायलले सुरक्षित रहन हिजबुल्लाहको आधार शिविरबाट टाढा बस्न सर्वसधारणलाई आग्रह गरेको छ।

लेबनानको ‘पब्लिक हेल्थ इमर्जेन्सी अपरेसन सेन्टर’ ले आक्रमणमा परी बालबालिका र महिला गरी चार सयभन्दा बढी घाइते भएको जनाएको छ।इजरायली डिफेन्स फोर्सेस (आईडिएफ) का प्रवक्ता रियर एडमिरल डेनियल हगारीले आफ्नो सेनाले लेबनानमा हिबजुल्लाहमाथि आक्रमण गर्ने यसअघि नै बताएका थिए।

उनले सर्वसाधारणलाई हिजबुल्लाहको वासस्थाननजिक नबस्न सर्वसाधारणलाई आग्रह गरेका छन्।

आईडिएफका अनुसार हिजबुल्लाहले हालसालै इजरायलमाथि १५० रकेट प्रहार गरेको छ। इजरायलले हिजबुल्लाहमाथि जवाफी कारबाही गरेको हो।

प्रकाशित: ७ असोज २०८१ १८:२३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seven − five =