सुनको मूल्य हालसम्मकै उच्च

हिमाल प्रेस ६ असोज २०८१ ११:०१
6
SHARES
सुनको मूल्य हालसम्मकै उच्च

काठमाडौँ- नेपाली बजारमा सुनको मूल्यले पुनः नयाँ कीर्तिमान बनाएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुन एक हजार ७०० रुपैयाँले बढेर एक लाख ५८ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ। यो हासम्मकै उच्च मूल्य हो।

गत शुक्रबार सुन प्रतितोला एक लाख ५७ हजार १०० रुपैयाँमा कारोबार भएको थियो। यसअघि भदौ ३१ गतेको नयाँ रेकर्डलाई ब्रेक गर्दै नयाँ रेकर्ड बनाएको हो। सो दिन एक लाख ५७ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो।

आज चाँदी प्रतितोला एक हजार ९२० रुपैयाँमा कारोबार भइरहेको छ। गत शुक्रबार एक हजार ९१५ रुपैयाँमा कारोबार भएको थियो।

 

प्रकाशित: ६ असोज २०८१ ११:०१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ten − 9 =