विराटनगर- कोशी प्रदेश सरकारले आगामी असोज २ गते झाँगड (उराव) समुदायका लागि सार्वजनिक बिदा दिने निर्णय गरेको छ।
कोशी प्रदेश सरकारको निर्णय अनुसार सो समुदायको चाड करम पूजाको अवसरमा कोशी प्रदेशभर बिदा दिने निर्णय भएकको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव कमलबहादुर थापाले जानकारी दिए।
प्रकाशित: ३१ भदौ २०८१ १४:०६ | Monday, September 16, 2024
प्रतिक्रिया





