पलेशालाई बुद्धको मूर्ति दिँदै प्रचण्डले भने : ओलम्पिकमा पदक प्राप्त गर्नु सामान्य होइन

हिमाल प्रेस २१ भदौ २०८१ १२:११
12
SHARES
पलेशालाई बुद्धको मूर्ति दिँदै प्रचण्डले भने : ओलम्पिकमा पदक प्राप्त गर्नु सामान्य होइन

काठमाडौँ- पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पाराओलम्पिकमा कास्य पदक विजेता पलेशा गोवर्धनलाई सम्मान गर्दै बुद्धको मूर्ति उपहार दिएका छन्। खुलमटारमा आज प्रचण्डले नेपालका लागि ओलम्पिकमा पहिलो पदक प्राप्त गर्न सफल प्रलेशालाई सम्मान गरेका हुन्।

उनले पलेशासँगै प्रशिक्षक कविराज नेगी लामा, व्यवस्थापक रामचन्द्र श्रेष्ठ र पलेशाका बुबा प्रदीपलाई पनि सम्मान गरेका थिए। सो क्रममा अध्यक्ष प्रचण्डले पलेशाको जितले संसारभरि रहेका नेपालीले गौरव गर्ने अवसर प्राप्त भएको बताए।

‘ओलम्पिकको इतिहासमा पहिलोपटक नेपालले पदक प्राप्त गर्नु सामान्य विषय होइन, यसले विश्वभरि रहेका नेपालीका लागि गौरव गर्ने अवसर प्राप्त भएको छ’,उनले भने,‘खेल क्षेत्रले राष्ट्रिय एकता, आर्थिक समृद्धि र अन्तर्राष्ट्रिय कूटनीतिलाई प्रवर्द्धन गर्छ, त्यसैले पलेशाको यो जित अन्तर्राष्ट्रिय इतिहास कायम गर्ने महत्त्वपूर्ण जित हो।’

सो अवसरमा विजेता पलेशाले पदक प्राप्त गर्दाको अनुभूति सुनाउँदै आगामी ओलम्पिकमा स्वर्ण पदकका लागि तयारी गर्ने बताइन्।

प्रकाशित: २१ भदौ २०८१ १२:११

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 + thirteen =