त्रिविका ११ क्याम्पस प्रमुख पदमा दरखास्त आह्वान

हिमाल प्रेस १७ भदौ २०८१ ८:३०
18
SHARES
त्रिविका ११ क्याम्पस प्रमुख पदमा दरखास्त आह्वान

काठमाडौँ- त्रिभुवन विश्वविद्यालयले ११ आंगिक क्याम्पसमा रिक्त क्याम्पस प्रमुख पदमा दरखास्त आह्वान गरेको छ। आज सार्वजनिक सूचना जारी गर्दै क्याम्पस प्रमुख छनोट समितिले काठमाडौँ उपत्यकाका तीनसहित ११ क्याम्पसका लागि क्याम्पस प्रमुख पदमा दरखास्त माग गरेको हो।

समितिले रत्नराज्य लक्ष्मी क्याम्पस प्रदर्शनीमार्ग काठमाडौँ, विश्वभाषा क्याम्पस प्रदर्शनीमार्ग काठमाडौँ, पाटन संयुक्त क्याम्पस पाटनढोका, ललितपुर क्याम्पस प्रमुख पदमा आवेदन माग गरेको हो।

सूर्यनारायण सत्यनारायण मोरवैता यादव क्याम्पस सिराहा, त्रिभुवन बहुमुखी क्याम्पस पाल्पा, सुर्खेत शिक्षा क्याम्पस सुर्खेत, पृथ्वीनारायण क्याम्पस पोखरा, बुटवल बहुमुखी क्याम्पस बुटवल क्याम्पस, रामस्वरूप रामसागर क्याम्पस जनकपुर, डोटी बहुमुखी क्याम्पस र जुम्ला क्याम्पसका लागि समितिले दरखास्त मागेको छ।

प्रकाशित: १७ भदौ २०८१ ८:३०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × 3 =