विश्वप्रकाश शर्माले दिए देउवाबाहेक प्रधानमन्त्री बन्ने ६ नेताको नाम

हिमाल प्रेस १६ भदौ २०८१ १८:३५
4
SHARES
विश्वप्रकाश शर्माले दिए देउवाबाहेक प्रधानमन्त्री बन्ने ६ नेताको नाम

काठमाडौँ- नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकमा महामन्त्री विश्वप्रकाश शर्माको प्रतिवेदनमाथि छलफल जारी छ। गत फागुनमा सम्पन्न महासमिति बैठकमा शर्माले पेस गरेको प्रतिवेदनमाथि छलफल भइरहेको हो। शर्माको प्रतिवेदनमा नेताको एक्जिट पोलिसीबारे निकै विवाद पनि भएको छ। उनले एक व्यक्ति दुईपटकभन्दा धेरै प्रधानमन्त्री हुन नपाउने, एकपटकमात्रै राष्ट्रपति बन्न पाउने, सांसद चारपटक र मन्त्री तीनपटकभन्दा धेरैपटक बन्न नपाउने प्रस्ताव पेस गरेका छन्।

उनले आफ्नै प्रस्तावमा टेकेर आजको बैठकमा आगामी सरकारको नेतृत्व गर्दा पार्टी सभापति तथा संसदीय दलका नेता शेरबहादुर देउवाले गर्न नहुने बताएका छन्। उनले देउवाबाहेक अन्य ६ जना नेताको नाम आगामी प्रधानमन्त्रीको रुपमा प्रस्ताव गरेका छन्।

एमालेसँग असार १७ गते भएको ७ बुँदे सहमति अनुसार २०८३ असारसम्म केपी शर्मा ओली नेतृत्वको सरकारलाई सफल बनाउन कांग्रेसको सम्पूर्ण ध्यान लगाउनुपर्ने र एकताबद्ध रूपले प्रधानमन्त्रीलाई साथ दिनुपर्ने उनको भनाइ छ। उनले अबको प्रधानमन्त्रीको रुपमा देउवाले नै अन्य नेतालाई प्रस्ताव गर्नुपर्ने बताए।

उनले प्रधानमन्त्रीमा सभापति देउवाको विकल्पमा नेता शेखर कोइराला, विमलेन्द्र निधि, प्रकाशमान सिंह, पूर्णबहादुर खड्का, शशांक कोइराला र अर्जुननरसिंह केसीमध्ये कोही एक जनालाई अघि सार्न सकिने बताए।

प्रकाशित: १६ भदौ २०८१ १८:३५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ten − 7 =