राष्ट्रपति पौडेलसँग ओमानका विदेशमन्त्रीको शिष्टाचार भेट

हिमाल प्रेस ११ भदौ २०८१ १७:२४
10
SHARES
राष्ट्रपति पौडेलसँग ओमानका विदेशमन्त्रीको शिष्टाचार भेट

काठमाडौँ- राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नेपाल भ्रमणमा रहेका ओमानका विदेशमन्त्री सय्यद बद्र बिन हमाद बिन हमूद अल्बुसैदीले शिष्टाचार भेट गरेका छन्।

मंगलबार राष्ट्रपति भवनमा भएको भेटका अवसरमा नेपाल र ओमानबीच रहिआएको द्विपक्षीय सम्बन्ध, आपसी हित र चासोका विषयमा कुराकानी भएको शीतल निवासले जनाएको छ।

सो अवसरमा राष्ट्रपति पौडेलले नेपाल र ओमानले आपसी हित र सरोकारका विषयमा संयुक्त राष्ट्र संघ, असंलग्न आन्दोलन र एशियाली सहयोग संवाद लगायत बहुपक्षीय र क्षेत्रीय मञ्चहरूमा सहकार्य गर्दै आइरहेको बताउँदै भविष्यमा पनि यस प्रकारको सहकार्यलाई निरन्तर दिने विश्वास व्यक्त गरेका थिए।

परराष्ट्र मन्त्री राणा र ओमानका समकक्षीबीच वार्ता : श्रम सम्झौता गर्ने सहमति

प्रकाशित: ११ भदौ २०८१ १७:२४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 + 9 =