‘बेहुली फ्रम मेघौली’ टिजरमा दुलाहा खाेज्दै स्वस्तिमा 

हिमाल प्रेस ९ भदौ २०८१ १५:३२
6
SHARES
‘बेहुली फ्रम मेघौली’ टिजरमा दुलाहा खाेज्दै स्वस्तिमा 

काठमाडौँ- निश्चल बस्नेत र स्वस्तिमा खड्काको मुख्य भूमिका रहेको फिल्म ‘बेहुली फ्रम मेघौली’को टिजर सार्वजनिक भएको छ। ओएसआर डिजिटल युट्युब च्यानलबाट सार्वजनिक दुई मिनेट २७ सेकेन्डको टिजरमा विवाहको विषयलाई प्राथमिकता दिइएको छ।

दुलाहा खोजीरहेकी २९ वर्षीय युवती स्वस्तिमाको विवाहको प्रसँग टिजरमा देख्न सकिन्छ। निश्चल बस्नेत भने अष्ट्रेलियाबाट फर्केको देखाइएको छ।

कमेडी मिश्रित सामाजिक कथामा बनेको फिल्म साजन काफ्ले र आकाश बरालको लेखन तथा निर्देशनमा बनेको छ। यो उनीहरुको डेब्यु निर्देशन हो। फिल्म घटस्थापना अर्थात् असोज १७ मा प्रदर्शन हुनेछ।

फिल्ममा स्वस्तिमा र निश्चलसहित वसुन्धरा भुषाल, विजय बराल, सिमरन खड्का, लोकेन्द्र लेखक, रक्षा थापा, सिरु बिष्ट, आमिर गौतम, शिशिर सिवाकोटी, टीका पहारी, प्रभाकर शर्मा, लुनिभा तुलाधर, मुकुन्द मैनाली र रामबाबु रेग्मीको अभिनय छ।

ब्ल्याक हर्स पिक्चर्स र मेघौली फिल्मस्को ब्यानरमा बनेको फिल्ममा अभिनेत्री स्वस्तिमा खड्का र निश्चल बस्नेतले निर्माण गरेका हुन। फिल्मको कार्यकारी निर्माता फिरोज खड्का र शंकर पाण्डे छन्।

विजय बराल कास्टिङ डिरेक्टर फिल्म नरेन्द्र मैनालीको छायांकन, प्रदीप लामा र केवीका खत्रीको कोरियोग्रफी, जयन जे वाइवा र कुशल पोखरेलको संगीत, निमेष श्रेष्ठको सम्पादन, घनश्याम श्रेष्ठको प्रोडक्सन डिजाइनमा बनेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen − 5 =