माओवादी सत्ताको खेलमा लाग्दैन : वर्षमान पुन

हिमाल प्रेस ५ भदौ २०८१ ६:३९
10
SHARES
माओवादी सत्ताको खेलमा लाग्दैन : वर्षमान पुन

काठमाडौँ- नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले आफ्नो पार्टी सत्ताको खेलमा नलाग्ने बताएका छन्।

प्रेस सेन्टर दाङले आज घोराहीमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले पार्टीले सडक र सदनबाट जनताका आवाज उठाउने बताए।

‘हामीले सकारात्मक कोणबाट सडक र सदनमा जनताको आवाज उठाउँछौँ। सधैँ सरकारमा हुँदा जनतासँग टुटेको सम्बन्ध पुनर्स्थापित गर्न लाग्छौँ,’ उपमहासचिव पुनले भने, ‘त्यसक्रममा आफ्ना कमजोरी जनतालाई भन्ने छौँ र सुधारको बाटोमा अघि बढ्ने छौँ।’

यसअघि पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले सुशासन, समृद्धि र सामाजिक न्यायको पक्षमा काम गरेकाले त्यसबाट जनता खुसी भएको उनको दाबी छ।

वर्तमान सरकारले संविधान संशोधनको नारा लगाएको र समानुपातिक समावेशीलाई संशोधन गर्न खोजे त्यसको जनस्तरबाटै विरोध हुने बताउँदै पुनले सकारात्मक उद्देश्यसहित संशोधन गर्ने कार्यलाई भने स्वीकार गर्न सकिने बताए। रासस

 

प्रकाशित: ५ भदौ २०८१ ६:३९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

7 − one =