रातो बाँदरलाई कृषि हानिकारक वन्यजन्तु घोषणा गर्दै सरकार

हिमाल प्रेस २ भदौ २०८१ १६:२८
50
SHARES
रातो बाँदरलाई कृषि हानिकारक वन्यजन्तु घोषणा गर्दै सरकार फाइल तस्बिर।

काठमाडौँ- सरकारले रातो बाँदरलाई कृषि हानिकारक वन्यजन्तु घोषणा गर्ने तयारी गरेको छ। आज आइतबार प्रतिनिधिसभाअन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकमा वन तथा वातावरणमन्त्री ऐनबहादुर शाहीले रातो बाँदरलाई कृषि हानिकारक वन्यजन्तु घोषणा गरी राजपत्रमा प्रकाशित गर्न लागेको बताएका हुन्।

उनले कृषि हानिकारक वन्यजन्तुमा बँदेलको म्याद थप भएको पनि जानकारी गराए। सरकारले गत वर्ष समितिको निर्देशन अनुरुप एक वर्षको लागि बँदेललाई कृषि हानिकारक वन्यजन्तु घोषणा गरेको थियो। अहिले थप एक वर्ष म्याद थपिएको मन्त्री शाहीले बताए।

रातो बाँदरले किसानको खेतबारीमा आएर बालीनाली वा धनजनको हानि-नोक्सानी पुर्‍याएकाले कृषि हानिकारक वन्यजन्तुमा बँदेलसँगै राखिएको उनले बताए।

मन्त्री ठकुरीले पूर्वाधार निर्माणमा वनको कारणले रोकियो भन्ने व्यापक गुनासो आएको भन्दै मन्त्रालयले अब सडक निर्माण, खानेपानी, जलविद्युत आयोजनामा वन मन्त्रालयले छिटो छरितोसँग काम गर्ने प्रयास गरिरहेको पनि जानकारी गराए। सरकाले जलवायु परिवर्तनको विषयमा गम्भीर भएर काम गरिरहेको उनको भनाइ छ।

प्रकाशित: २ भदौ २०८१ १६:२८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen − 3 =