एमाले नेता रिजालको आरोप : पार्टीमा केही गर्न सक्दैनन्, सत्ता गठबन्धन बिच्काउन लागेका छन्

हिमाल प्रेस ३० साउन २०८१ १३:०७
34
SHARES
एमाले नेता रिजालको आरोप :  पार्टीमा केही गर्न सक्दैनन्, सत्ता गठबन्धन बिच्काउन लागेका छन्

काठमाडौँ- नेकपा एमालेका केन्द्रीय सदस्य विष्णु रिजालले नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा सत्तागठबन्धन बिच्काउन लागेको आरोप लगाएका छन्। आज बुधबार सामाजिक सञ्जाल एक्समार्फत महामन्त्रीद्वय पार्टी सभापति शेरबहादुर देउवा प्रधानमन्त्री भइहाल्छन् कि भन्ने चिन्ताले गठबन्धन बिच्काउन लागेको आरोप लगाएका हुन्।

‘खासमा कांग्रेसका महामन्त्री मित्रहरूलाई आफ्नो पार्टीका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री भइहाल्छन् कि भन्ने चिन्ताले खुबै सताएको छ,’ उनले भनेका छन्, ‘ हिजो माओवादीसँग सरकार हुँदा त्यसलाई कसरी बिच्काउने भनेर लाग्नुभएको थियो। आज एमालेसँग सरकार हुँदा पनि सुरुदेखि नै कसरी बिच्काउने भनेर कस्सिनुभएको छ।’

उनले महामन्त्री थापा र शर्मालाई पार्टीमा कुनै काम गर्न नसकेको आरोप लगाउँदै सरकार र समीकरणको बारेमा चिन्ता नलिन पनि आग्रह गरेका छन्। उनले भनेका छन्, ‘आफ्नै पार्टीमा भनेको कुनै काम गर्न/गराउन नसक्ने नेताले सरकार र समीकरणका बारेमा अनावश्यक चिन्ता नगरेकै बेस होला।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 − 6 =