विद्यालय कर्मचारी परिषद्ले बाेलायाे पूर्ण बैठक, यस्ता छन् एजेन्डा

हिमाल प्रेस २८ साउन २०८१ १०:०५
5.0k
SHARES
विद्यालय कर्मचारी परिषद्ले बाेलायाे पूर्ण बैठक, यस्ता छन् एजेन्डा नेपाल विद्यालय कर्मचारी परिषद् राष्ट्रिय समितिका अध्यक्ष गंगाराम तिवारी। तस्बिर : हिमाल प्रेस

काठमाडाैँ-  नेपाल विद्यालय कर्मचारी परिषद् राष्ट्रिय समितिले विधान संशाेधन, अधिवेशन, सदस्यता नवीकरणलगायतका विषयमा छलफल गर्न परिषद्काे पूर्ण बैठक बाेलाएकाे छ।

परिषद्का अध्यक्ष गंगाराम तिवारी र महासचिव शान्तिनाथ याेगीले संयुक्त रूपमा  राष्ट्रिय समितिका पदाधिकारी एवम् सदस्यहरू र  सातवटै प्रदेश अध्यक्षलाई शुक्रबार पत्र पठाउँदै  बैठकमा उपस्थित हुन आग्रह गरेका हुन्।

 पूर्ण बैठकमा विधान संशोधन अधिवेशन, सदस्य नवीकरण,शिक्षा विधेयक, आन्दोलनको कार्यक्रम, हालसम्मको प्रगति विवरण, रिक्त पदमा मनोनयमाथि छलफल हुने अध्यक्ष तिवारीले बताए।

त्यसैगरी परिषद्ले ७५३ वटै स्थानीय तह, ७७ वटै जिल्ला र ७ वटै प्रदेश कार्यसमितिका अध्यक्षहरूलाई निर्णय कार्यान्वयन गर्न पनि अनुराेध गरिएकाे छ।

स्थानीय तहले ०८१ साउन मसान्तभित्र विद्यालय कर्मचारीको आ.व.२०८१/२०८२ को सदस्यता नवीकरण गर्ने र गत वर्ष बाँकी रहेको सदस्यहरूको समेत नवीकरण गर्ने,
जिल्ला तहले ०८१ भदाै मसान्तभित्र स्थानीय तहले गरेको सदस्य नवीकरण एकीकृत गर्ने, प्रदेश तहले ०८१ असाेजभित्र जिल्ला तहहरूको सदस्यहरू एकीकृत र जिल्ला तह अनुसार सदस्य संख्या एकिन गरी राष्ट्रिय समितिमा पेस गर्ने व्यवस्था मिलाउन अनुराेध गरिएकाे छ।

त्यसैगरी ०८१ साल  भदाैको पहिलो हप्ता राष्ट्रिय समितिको बैठक बस्ने, ०८१ असाेजको पहिलो हप्ता विधान संशोधन अधिवेशन गर्ने पनि बताइएकाे छ।

परिषद्ले संघीय शिक्षा ऐनमा संशोधन गर्नेका लागि आवश्यक बुँदाहरू राष्ट्रिय समितिका पठाउने जिल्लाहरूलाई परिपत्र गरिसकेकाे छ। विद्यालय कर्मचारीहरूका विभिन्न संघसंगठनहरूसँग सहकार्य गरी तत्काल आन्दोलनको कार्यक्रम तय गर्ने र सहकार्य गरी अगाडि बढ्ने पनि परिषद्ले जनाएकाे छ।

त्यस्तै नेपाल शिक्षक महासंघ, राष्ट्रिय समितिसँग विद्यालय कर्मचारीहरूको महंगी भत्ता दुई हजार र तलबमान कायम गर्नका लागि छलफल, डेलिकेशन, समन्वय गरेर अगाडि बढने जनाउँदै तत्काल राष्ट्रिय समितिको दैनिक कार्य सञ्चालनका लागि जिल्लाहरूले २० हजारका दरले नेपाल विद्यालय कर्मचारी परिषद् राष्ट्रिय समितिको सिद्धार्थ बैंक च.हि.नं. खाता नं. ०९८१९२७२८०० जम्मा गर्ने व्यवस्था मिलाउन अनुराेध गरिएकाे छ।

स्थानीय तह, जिल्ला तह र प्रदेश तहमा विद्यालय कर्मचारीहरूको समस्या रहे तत्काल समन्वय गर्ने पनि बताइएकाे छ।

प्रकाशित: २८ साउन २०८१ १०:०५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 − fifteen =