हत्या आरोपमा जन्मकैद सजाय पाएका पूर्वशिक्षक महतो १६ वर्षपछि पक्राउ

हिमाल प्रेस २४ साउन २०८१ १८:२४
16
SHARES
हत्या आरोपमा जन्मकैद सजाय पाएका पूर्वशिक्षक महतो १६ वर्षपछि पक्राउ

काठमाडौँ- धनुषा प्रहरीले कर्तव्य ज्यान मुद्दामा जन्मकैद सजाय पाएका एक फरार अभियुक्तलाई १६ वर्षपछि पक्राउ गरेको छ।

प्रहरीले धनुषा सबैला नगरपालिका–१३ बस्ने ५६ वर्षीय पवन महतोलाई बिहीबार पक्राउ गरेको हो।

पूर्वशिक्षक महतोमाथि २०६५ सालमा स्थानीय नागेन्द्र यादवलाई गोली हानेर हत्या गरेको आरोप लागेको थियो। कर्तव्य ज्यान मुद्दामा सर्वोच्च अदालतले २०८० माघ ८ गते महतोलाई जन्मकैदको सजाय सुनाएको थियो।

घटनापछि फरार भएका महतो सबैला बजारबाट पक्राउ परेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।

उनलाई आवश्यक कारर्वाहीका लागि प्रहरीले जिल्ला अदालत धनुषामा पेश गरेको छ।

 

 

प्रकाशित: २४ साउन २०८१ १८:२४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × two =