पुल्चोकको मन्त्री निवासमा अब सर्वोच्चका न्यायाधीशहरू बस्ने 

हिमाल प्रेस २३ साउन २०८१ १६:३९
पुल्चोकको मन्त्री निवासमा अब सर्वोच्चका न्यायाधीशहरू बस्ने  सर्वोच्च अदालत

काठमाडौँ- ललितपुरको पुल्चोकमा रहेको मन्त्री निवास भैँसीपाटीमा सरेसँगै त्यहाँ सर्वोच्च अदालतका न्यायाधीशहरूको निवास बनाइने भएको छ। पुल्चोकका सबैघर खाली भएपछि न्यायाधीशहरू र मुख्य रजिष्ट्रारलाई त्यहाँ सार्ने तयारी भएको सर्वोच्चका रजिष्ट्रार विमल पौडेलले जानकारी दिए।

२०८० फागुनमा सरकारले पुल्चोकको मन्त्री निवास भैँसीपाटी सार्ने निर्णय गरेको थियो। सरकारले उतिबेलै त्यहाँ सर्वोच्चका न्यायाधीशहरूलाई सार्ने निर्णय गरेको र सोहीअनुसार जानकारी आएको सर्वोच्च अदालतका रजिष्ट्रार विमल पौडेलले बताए।

‘पुल्चोकको भवनबाट मन्त्रीहरू सबै जना भैँसीपाटीको भवनमा सर्नुभएपछि आवश्यक प्राविधिक र भौतिक कामकाज सकिएपछि श्रीमान्‌हरू त्यहाँ जानुहुन्छ’ उनले भने।

प्रधानन्यायाधीश तथा सर्वोच्च अदालतका न्यायाधीशको पारिश्रमिक, सुविधा र सेवाका अन्य शर्त सम्बन्धी कानुनमा सरकारी आवासको व्यवस्था गर्नुपर्ने उल्लेख छ। सर्वोच्च अदालतमा २० न्यायाधीश र एक मुख्य रजिष्ट्रारलाई २१ आवास चाहिन्छ। प्रधानन्यायाधीशलाई सरकारी आवास उपलब्ध गराउन नसके सरकारले नै गार्ड घर भाडामा लिएर राख्नुपर्ने कानुनी व्यवस्था छ। न्यायाधीशहरूलाई सरकारी आवास उपलब्ध गराउन नसके आवास खर्च दिनुपर्ने भनेको छ।

तर अहिलेसम्म सरकारले न्यायाधीशहरूलाई आवासको व्यवस्था गर्न सकेको छैन। अहिलेसम्म काठमाडौं उपत्यकामा घर नभएका सर्वोच्चका न्यायाधीशहरूलाई आवासको लागि लाग्ने खर्च दिँदै आएको थियो।

यहीँ घर भएका न्यायाधीशहरूलाई भने कानुन अनुसार मर्मतसम्भार खर्च दिँदै आएको थियो।  यता प्रधानमन्त्रीको निवास बालुवाटारमा छ भने मन्त्रीहरूका लागि हालसालै नयाँ भवन निर्माण सम्पन्न गरेर भैँसीपाटीमा बस्ने व्यवस्था मिलाइएको हो।

प्रकाशित: २३ साउन २०८१ १६:३९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen − nine =