घट्यो सुनको भाउ

हिमाल प्रेस २२ साउन २०८१ १२:०५
26
SHARES
घट्यो सुनको भाउ

काठमाडौँ- सोमबार कीर्तिमान कायम गरेको सुनको मूल्य आज तोलामा दुई हजार तीन सयले घटेको छ। सोमबार प्रतितोला एक लाख ५० हजार कायम भई सुनको मूल्य हालसम्मकै उच्च बिन्दुमा पुगेको थियो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, छापावाला सुन आजका लागि प्रतितोला एक लाख ४७ हजार सात सय निर्धारण भएको छ। तेजाबी सुन प्रतितोला एक लाख ४७ हजार कायम भएको छ । सोमबार तेजाबी सुन प्रतितोला रु एक लाख ४९ हजार पाँच सयमा कारोबार भएको थियो ।

चाँदीको मूल्य पनि तोलामा रु ६० ले घटेको छ । सोमबार चाँदी प्रतितोला रु एक हजार सात सय ८५ मा कारोबार भएकामा आजका लागि  एक हजार सात सय २५ निर्धारण भएको छ।

प्रकाशित: २२ साउन २०८१ १२:०५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ten + five =