भद्रकालीमा ‘माइली’ को शुभ मुहूर्त

हिमाल प्रेस २१ साउन २०८१ १५:०३
26
SHARES
भद्रकालीमा ‘माइली’ को शुभ मुहूर्त

काठमाडौँ-  बाबु बलामीले निर्देशनमा बन्ने फिल्म ‘माइली’ को सोमबार (आज) भद्रकाली मन्दिरमा शुभ मुहूर्त गरिएको छ। मुहूर्त कार्यक्रममा अभिनेत्री प्रियंका कार्की, गायिका कमला घिमिरे, मोडल कुसुम शर्मालगायत फिल्मका प्राविधिक टिमको उपस्थित थियो।

गायिका कमलाले यही फिल्मबाट अभिनयमा डेब्यू गर्न लागेकी छन्। उनी अभिनेत्री फिल्ममा प्रियंकाको छोरी बनेकी छिन्। फिल्ममा प्रियंका कार्की, करिश्मा मानन्धर, शर्मिला मल्ल, अंशु महर्जन, कमला घिमिरे, सुष्मा लामा, कुसुम शर्मा, प्रिया रिजाल, गीता अधिकारी, सरिता भण्डारी, प्रितिका शर्मा, आश्मा पाण्डे, रेश्मा केसीलगायत कलाकारको अभिनय रहनेछ।

महिला कलाकारको बाहुल्यता रहेको फिल्म महिलाकै पीडामा आधरित रहेको निदेशक बलामीले बताएका छन्। फिल्ममा शंकर अधिकारी ‘घायल’ को गीत र पटकथा, संवाद रहनेछ। फिल्मको गीतमा राजेन्द्र बजगाई‍ँ संगीत, केवलमान सिंह बस्नेतको प्रोडक्सन, समीर मियाँको सम्पादन र रामजी राउतको मुख्य सहायक निर्देशन छ।

फिल्मकोे छायांकन भोलि अर्थात् मंगलबारदेखि सुरु हुने निर्माण टिमले जनाएको छ। टिमका अनुसार मकवानपुरको वीरखर्क, कुलेखानी, काठमाडौँ र युएईको दुबईमा फिल्म छायांकन गरिनेछ। फिल्म शिव ढकालले छायांकन गर्नेछन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one + nineteen =