साेमबार टीआरसी प्रतिवेदन ओली, देउवा र प्रचण्डलाई बुझाइँदै

हिमाल प्रेस २० साउन २०८१ १८:५७
16
SHARES
साेमबार टीआरसी प्रतिवेदन ओली, देउवा र प्रचण्डलाई बुझाइँदै

काठमाडौँ-  संक्रमणकालीन न्यायसम्बन्धी विधेयकमा सहमति जुटाएको तीनदलीय कार्यदलले साेमबार प्रतिवेदन बुझाउने तयारी गरेको छ।

कार्यदलले साेमबार प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई प्रतिवेदन बुझाउने तयारी गरेको एमाले प्रमुख सचेतक महेश बर्तौलाले जानकारी दिए।

कार्यदलमा गृहमन्त्री रमेश लेखक, एमालेबाट बर्तौला र माओवादीबाट उपमहासचिव जनार्दन शर्मा छन्। कार्यदलले द्वन्द्वकालीन समयमा नियतवस वा स्वेच्छाचारी तरिकाले भएको हत्यालाई गम्भीर मानवअधिकार उल्लंघनमा राख्ने निर्णय गरेको छ। यसबाहेक यौनजन्य घटनालाई समेत गम्भीर अपराधमा समेटिएको छ।

बहिर्गमित लडाकु र द्वन्द्वबाट प्रभावित सुरक्षाकर्मीका परिवारलाई पनि राहत परिपूरणको व्यवस्था गर्ने सहमति गरिएको छ। कार्यदलले अदालतमा कम्तीमा २५ प्रतिशत सजाय माग दाबीसहित मुद्दा अगाडि बढाउन सक्ने सहमति जुटाएकाे छ।

प्रकाशित: २० साउन २०८१ १८:५७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × 3 =