सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा कमलबहादुर शाह नियुक्त

हिमाल प्रेस २० साउन २०८१ १७:३४
16
SHARES
सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा कमलबहादुर शाह नियुक्त कमलबहादुर शाह। फाइल तस्बिर

काठमाडौँ- सुदूरपश्चिम प्रदलेश सरकारको मुख्यमन्त्री पदमा नेपाली कांग्रेसका संसदीय दलका नेता कमलबहादुर शाह नियुक्त भएका छन्।  शाहलाई प्रदेश प्रमुख नजिर मियाँले आज मुख्यमन्त्री नियुक्त गरेका हुन्।

शाहले आज बिहान नेकपा एमालेको समर्थनमा दाबी पेस गरेका थिए। मुख्यमन्त्री दीर्घ सोडारीले पदबाट राजीनामा दिएसँगै नयाँ सत्ता गठबन्धनको सरकार बनेको हो। प्रदेश प्रमुख मियाँले आज अपराह्न पाँच बजेसम्मको समय दिएर दाबी पेस गर्न आह्वान गरेका थिए।

शाह दोस्रोपटक मुख्यमन्त्री भएका हुन्। यसअघि उनी २०७९ माघ २६ मा मुख्यमन्त्री बनेका थिए। उनले २०७९ चैत २२ मा नै केन्द्रीय राजनीतिक समीकरण फेरिएपछि उनले पदबाट राजीनामा दिएका थिए।

सुदूरपश्चिम प्रदेश सरकार : मुख्यमन्त्रीमा कांग्रेसका शाहको दाबी पेस

प्रकाशित: २० साउन २०८१ १७:३४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 + 16 =