कांग्रेस-एमाले मिलेर समानुपातिक प्रतिनिधित्व प्रणालीलाई खारेज गर्ने षडयन्त्र गर्दैछन् : उपेन्द्र यादव

हिमाल प्रेस २० साउन २०८१ ७:०१
12
SHARES
कांग्रेस-एमाले मिलेर समानुपातिक प्रतिनिधित्व प्रणालीलाई खारेज गर्ने षडयन्त्र गर्दैछन् : उपेन्द्र यादव जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव।

काठमाडौँ- जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले कांग्रेस–एमाले मिलेर समानूपातिक प्रतिनिधित्व प्रणालीलाई खारेज गर्ने षडयन्त्र गरेको आरोप लगाएका छन्।

काठमाडौँमा पार्टी प्रवेश कार्यक्रममा बोल्दै अध्यक्ष यादवले समावेशीतालाई अन्त्य गर्नका लागि कांग्रेस–एमाले मिलेर सरकार बनाएको बताएका हुन्। उनले नेपालको अहिलेसम्मका आन्दोलनको ठूलो उपलव्धी समावेशीता भएको र राज्यकै तर्फबाट नै अहिले समावेशी लोकतन्त्रमाथि प्रहार भइरहेको जिकिर गरे।

यादवले संघीयता, समावेशीका कारण नभई दलहरुकै कारण मुलुकमा राजनीतिक अस्थीरता उत्पन्न भएको धारणा राखे।

प्रकाशित: २० साउन २०८१ ७:०१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × four =