काठमाडौँ- नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक साउन २४ गते आइतबार बस्ने भएको छ।
पार्टी केन्द्रीय कार्यालयका कावा मुख्य सचिव कृष्णप्रसाद दुलालले आइतबार जारी गरेको सूचनाअनुसार बैठक दिउँसो १ बजे ललितपुरस्थित पार्टीको केन्द्रीय कार्यालय बीपी स्मृति भवनमामा बस्नेछ।
बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी तथा सदस्यहरूलाई अनिवार्य रूपमा उपस्थित हुन निर्देशनअनुसार अनुरोध गरिएको सूचनामा उल्लेख छ। बैठकको कार्यसूची भने सार्वजनिक गरिएको छैन।
प्रकाशित: १७ साउन २०८३ १५:०१ | Sunday, August 2, 2026
प्रतिक्रिया


