‘मेरो कार्यकाल १ वर्ष १० महिना १५ दिनमात्र बाँकी छ’

हिमाल प्रेस १५ भदौ २०८१ १६:०६ | Saturday, August 31, 2024
‘मेरो कार्यकाल १ वर्ष १० महिना १५ दिनमात्र बाँकी छ’

काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो कार्यकाल १ वर्ष १० महिना १५ दिन बाँकी रहेको बताएका छन्।
शनिबार काठमाडौँमा क्याप्टेन रामेश्वर थापाको पुस्तक विमोचन कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्।

‘मलाई मन नपराउनेहरूलाई खुशीको खबर दिन चाहन्छु,’ ओलीले भने,‘अब प्रधानमन्त्रीका रूपमा यसपटक मेरो कार्यकाल १ वर्ष १० महिना १५ दिनमात्रै बाँकी छ।’

आफूले सात दिनअगावै राजनीनामा दिएर प्रधानमन्त्री पद छोड्ने उनले बताए। ओलीले भने,‘एक साताअघि नै राजीनामा दिएर प्रधानमन्त्रीको पद छोड्छु, मलाई मन नपराउनेहरूलाई खुशीको खबर दिन चाहन्छु।’

ओलीले राजनैतिक व्यवस्थालाई घृणा गर्ने कुरा सामाजिक अराजकता फैलाउने जस्तो रहेको बताए। आफूहरूले परिकल्पना गरेको प्रजातान्त्रिक समाज रहेको बताउँदै उनले आफ्नो अधिकारका साथै अरूको पनि अधिकारको सम्मान गर्नुपर्ने जिकिर गरे।

अधिनायकवादलाई विश्वास गर्ने कानुन मान्य हुन नसक्ने बताउँदै ओलीले अहिलेको सरकारले कसैमाथि अन्याय नगर्ने उल्लेख गरे।

‘अहिलेको सरकारले आफ्नो स्वार्थका लागि अरूमाथि अन्याय हुनेगरी कुनै काम गर्दैन,’ उनले भने,‘तर, अरूको अधिकार पनि बुझिदिनुप¥यो नि! अरूले सुन्नसक्ने, भद्र बोलीको प्रयोग गर्नुप¥यो नि!’

माओवादीले हिंसा मच्चाइरहेको बेला आफूले चर्को विरोध गरेको ओलीले स्मरण गरे। ‘यो बेठीक हो भनेर मैले चर्को विरोध गरेँ, विरोधमात्रै गरिन् कसरी समस्या समाधान हुन्छ भनेर प्रयास पनि गरेँ, २०६४ सालमा भएका कुरा मैले २०५८ मै भनिसकेको थिएँ। माओवादी हिँसा रोक्न राज्यबाट भएको प्रयास सकारात्मक प्रयास थियो,’ ओलीले भने।

उनले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई बंगलादेश र श्रीलंकाबाट सिक्न सुझाव दिए। ओलीले भने,‘प्रचण्डजीले बंगलादेश र श्रीलंकाबाट सिक्न अर्ती उपदेश दिनुभएको छ। हामी १७ हजार मान्छे मारेर आएका हौँ र त्यहाँबाट सिक्ने? प्रचण्डजीले सिक्नुपर्छ।’

बंगलादेशमा भएजस्तै नेपालमा हुन्छ भन्नु सरासर गलत रहेको उनको भनाइ छ। उनले भने,‘बंगलादेशमा जे भयो, त्यो नेपालमा पनि हुन्छ? के नेपाल बंगलादेशको फोटोकपी हो र? नेपालको आफ्नै इतिहास र संस्कृति छ, हेक्का राख्नुपर्छ।’

नेपालमा अब हिंसा र अशान्तिक सह्य नहुने ओलीको भनाइ थियो।

ओलीले क्याप्टेन थापाले ज्यान हत्केलामा राखेर काम गरेको बताए। उनले जोखिम मोलेर देशका लागि सेवा गरेको बताए।

प्रकाशित: १५ भदौ २०८१ १६:०६ | Saturday, August 31, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 + 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast