प्रतिनिधिसभा : मन्त्रीहरूले सांसदको जबाफ दिने

हिमाल प्रेस ८ साउन २०८१ ६:४४
6
SHARES
प्रतिनिधिसभा : मन्त्रीहरूले सांसदको जबाफ दिने संसद् बैठक । फाइल तस्बिर

काठमाडौँ- प्रतिनिधिसभा बैठक आज बस्दैछ। दिउँसो १ बजेका लागि बोलाइएको बैठकमा विभागीय मन्त्रीहरूले सांसदहरूले उठाएको प्रश्नको जबाफ दिने भएका छन् । बैठकको कार्यसूचीअनुसार सांसदहरूको मौखिक प्रश्नको जबाफ मन्त्रीहरूले दिनेछन्।

स्वास्थ्य तथा जनसंख्या, वन तथा वातावरण, कृषि तथा पशुपक्षी विकास र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय सम्बन्धी मौखिक प्रश्नहरूको जबाफ सम्बन्धित मन्त्रीले दिनेछन्।

बैठकमा सभामुखले संयुक्त समितिअन्तर्गतको संसदीय सुनुवाइ समितिमा सदस्यहरूको नाम हेरफेर गर्ने कार्यसूची पनि रहेको संसद् सचिवालयले जनाएको छ। सभामुखले प्रतिनिधिसभाअन्तर्गतको विषयगत समितिहरूमा सदस्यहरूको नाम हेरफेर गर्ने कार्यसूची छ।

त्यस्तै प्रतिमा गौतमले ‘डेंगीको प्रकोप तीव्र रूपमा देशभरि फैलिई जनस्वास्थ्य संकट उत्पन्न हुन गई अस्पतालमा गम्भीर अवस्थाका बिरामीहरू भर्ना हुने संख्यामा वृद्धि, समाजमा डर र त्रासको माहौल उत्पन्न भएकोले डेंगीको प्रभावकारी नियन्त्रण एवं भविष्यमा सिर्जना हुने गम्भीर र दीर्घकालीन असर न्यूनीकरण तथा रोकथामको लागि सरकारलाई निर्देशन दिन अपरिहार्य भएकोले’ भन्ने विषयको जरुरी सार्वजनिक महत्वको प्रस्ताव प्रस्तुत गर्ने कार्यसूचीमा उल्लेख छ ।

प्रकाशित: ८ साउन २०८१ ६:४४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × five =