काठमाडौँमा रातिदेखि वर्षा, मौसम विभाग भन्छ : दिउँसो ४ प्रदेशमा भारी वर्षा हुन्छ

हिमाल प्रेस ७ साउन २०८१ ६:४८
40
SHARES
काठमाडौँमा रातिदेखि वर्षा, मौसम विभाग भन्छ : दिउँसो ४ प्रदेशमा भारी वर्षा हुन्छ फाइल तस्बिर। हिमाल प्रेस

काठमाडौँ- काठमाडौँमा रातिबाटै वर्षा भइरहेको छ। वर्षाका कारण खोलाखोल्सा बढेका छन्। खोला किनारका बस्ती जोखिममा पनि परेका छन्। मौसम पूर्वानुमान महाशाखाका अनुसारका अपराह्नसम्म वर्षाको सम्भावना छ।

सोमबार देशभर आंशिक देखि साधारणतया बदली रहने छ। कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

कोशी, बागमती, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। यी क्षेत्रमा हुन सक्ने गेग्रान बहाव, बाढी, पहिरो तथा भूक्षय जस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न तथा यसबाट ती क्षेत्रहरूमा दैनिक जनजीवन लगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्ने सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन महाशाखाको अनुरोध छ।

भोलि मंगलबार पनि देशभर आंशिकदेखि साधारणतया बदली रहने छ।

गण्डकी र सुदूरपश्चिम प्रदेश लगायत कोशी, बागमती र लुम्बिनी प्रदेशका पहाडी भूभागका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

कोशी र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

प्रकाशित: ७ साउन २०८१ ६:४८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 + 9 =