प्रहरी हवल्दारले चलाएको मोटरसाइकलको ठक्करले महिलाको मृत्यु

हिमाल प्रेस ६ साउन २०८१ १६:००
2.4k
SHARES
प्रहरी हवल्दारले चलाएको मोटरसाइकलको ठक्करले महिलाको मृत्यु प्रतिनिधिमूलक तस्बिर

चितवन- प्रहरीले चलाएको मोटरसाइकलले ठक्कर दिएका पैदलयात्रीको मृत्यु भएको छ। मृत्यु हुनेमा भरतपुर महानगरपालिका–२ निवासी ४२ वर्षीय सुस्मा श्रेष्ठ रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।

कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक भेषराज रिजालका अनुसार साउन ४ गते भरतपुर महानगरपालिका-२ बाइपास रोडमा पैदलयात्री श्रेष्ठलाई ना२१प १७१५ नम्बरको मोटरसाइकलले ठक्कर दिएको थियो।

जिल्ला प्रहरी कार्यालयमा कार्यरत प्रहरी हवल्दार सूर्य न्यौपाने सवार मोटर साइकलले महिलालाई ठक्कर दिएको थियो। उनको उपचारका क्रममा आज चितवन मेडिकल कलेजमा मृत्यु भएको हो। ठक्कर दिने मोटरसाइकल र चालक प्रहरीको नियन्त्रण छन्।

प्रकाशित: ६ साउन २०८१ १६:००

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 − twelve =