ओलीले योगेशलाई भनेका थिए : ‘मन्त्री बनाए राजीनामा दिइहाल्नु हुन्छ, के गर्ने?’

हिमाल प्रेस ३ साउन २०८१ ९:४६
186
SHARES
ओलीले योगेशलाई भनेका थिए : ‘मन्त्री बनाए राजीनामा दिइहाल्नु हुन्छ, के गर्ने?’

काठमाडौँ- नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री बन्दा उनीसँगै एमालेबाट मन्त्री हुने चर्चामा थिए, एमाले सचिव योगेश भट्टराई।

योगेशको नाम शपथको त्यही दिन (सोमबार) बिहानसम्म चर्चामा थियो। कतिपय सञ्चारमाध्यममा त योगेश मन्त्री हुने निश्चित भन्ने समाचार आएका थिए। तर, योगेश मन्त्रीको लिष्टमा परेनन्। एमाले नेताहरूका अनुसार त एमालेबाट मन्त्री हुने लिष्टमा योगेशसँगै अर्का सचिव छविलाल विश्वकर्मा पनि थिए। तर अन्तिममा नाम काटियो।

योगेशले भने यसबारे समानुपातिक समावेशिता मिलाउन खोजिएको बताए। ‘सबै कुरा मिलाउनु पर्ने भएर यस्तो भयो,’ योगेशले भने। तर, योगेश शनिबार मन्त्रीबारे छलफल गर्न ओली निवास बालकोट पुगेका थिए। मन्त्रीबारे छलफल गर्दा योगेशपट्टि हेर्दै ओलीले ‘मन्त्री बनाए राजीनामा दिएर हिँड्ने होला’ भनेका थिए। यो कुरा स्वयम् योगेशले एक अन्तर्वार्तामा भनेका छन्।

यसअघि २०७७ मा ओलीकै मन्त्रिपरिषद्मा योगेश संस्कृति मन्त्री थिए। ओलीले संसद् विघटन गरेपछि योगेशले राजीनामा दिएका थिए। ओलीले शनिबार त्यही कुरा भनेका थिए। एमाले नेताहरूका अनुसार मन्त्री को को हुने ओलीबाहेकलाई थाहा थिएन। उनले आफू निकट नेताहरूसँग परामर्श गरेर लिष्ट तयार गरेका थिए। एमाले नेताहरूका अनुसार त मन्त्री हुने कतिपयलाई त मन्त्री हुँदै गरेको खबर पनि ३ घण्टा अघि आएको थियो।

ओलीले नाम सार्वजनिक गर्दा आकांक्षीको दबाब बढ्ने भएकाले गोप्य राखेका ती एमाले नेताले बताए। यसअघिको एमाले सचिवालय बैठकमा सामान्य छलफल भएको थियो। यसपटक राम्रो काम गर्न सक्नेलाई मन्त्री बनाउने मोटामोटी छलफल भएको थियो। ओलीले योगेशलाई यस्तो बताएपछि योगेशले भनेका थिए,’मलाई त्यसो भएपछि ठूला मान्छेले पुराना कुरा बिर्सिनुपर्छ भने।’ योगेश लिष्टमा नपर्नुको कारण भने कोशी प्रदेशमा उनलाई प्राथमिकतामा राखिएको थियो। तर मानवीर राईलाई अन्त्यमा मन्त्रीको लिष्टमा राखियो।

सोलुखुम्बुबाट विजयी बनेका मानवीर अहिले रक्षा मन्त्री छन्। एमाले स्रोतका अनुसार मानवीरलाई पनि बिहान मात्रै यसबारे मन्त्री हुने थाहा पाएका थिए। उनलाई ओलीले फोन गरेर ‘दौरासुरुवाल लगाएर शीतलनिवास लगाएर आउन’ भनिएको थियो।

प्रकाशित: ३ साउन २०८१ ९:४६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 1 =