उत्तरी भियतनाममा पहिरोमा परी सात जनाको मृत्यु

हिमाल प्रेस २९ असार २०८१ १७:२४
22
SHARES
उत्तरी भियतनाममा पहिरोमा परी सात जनाको मृत्यु

भियतनाम- उत्तरी भियतनाममा पहिरोले भ्यान पुरिँदा कम्तीमा सात जनाको मृत्यु भएको छ। हा जियाङ प्रान्तको बाक मी जिल्ला हुँदै गुडिरहेको १६ सिटे भ्यान बिहान ४ बजे पहिरोमा परेको हो।

उत्तरी भियतनाममा भारी वर्षा र बाढीपहिरोले पहाडी सडकमा यात्रालाई जोखिमपूर्ण बनाइरहेको छ। उद्धारकर्ताहरूले घटनास्थलबाट एक बालकसहित सात जनाको शव उद्धार गरेका छन्।

भ्यानमा सवार अन्य छ जना जीवित फेला परेको र उपचारका लागि नजिकैको अस्पतालमा लगिएको छ। उद्धारकर्ताहरूले बेपत्ता व्यक्तिहरूको खोजी गरिरहेका छन्। रासस/एएफपी 

प्रकाशित: २९ असार २०८१ १७:२४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen + three =