‘लापत्ता सन्तान’को फर्स्ट लुक सार्वजनिक

हिमाल प्रेस २५ असार २०८१ १३:२४
38
SHARES
‘लापत्ता सन्तान’को फर्स्ट लुक सार्वजनिक

काठमाडौँ- राम्रो  इन्टरटेनमेन्टले डकुमेन्ट्री सर्ट फिल्म ‘लापत्ता सन्तान’ को फर्स्ट लुक पोस्टर सार्वजनिक गरेको छ। आनन्दराज प्रोडक्सनसँगको सहकार्य र रामजी ज्ञवालीद्वारा लिखित, निर्देशित र निर्मित फिल्मले बेपत्ता बालबालिकाको मार्मिक विषयवस्तुको खोजी गरेको फर्स्ट लुकमा देखिन्छ।

पोस्टरमा मुख्य कलाकार रश्मी भट्ट, ओजस्वीविक्रम विष्ट, आशिष पराजुली, सबिना राउत, नीलम भट्ट, मनीष पी निरौला गायतका कलाकारको अभिनय छ। फिल्मको ट्यागलाइनले आफ्ना हराएका छोराछोरीलाई खोज्ने अभिभावकहरूको हृदयविदारक कथालाई झल्को दिए पनि निर्माण टिमले फिल्मको कथा भने सार्वजनिक गरेको छैन।

रामजी ज्ञवालीले केही वर्षयता डकुमेन्ट्री, डकुमेन्ट्री सर्ट फिल्म र म्युजिक भिडियो निर्माण गर्दै आएका छन्। उनको पटकथा र निर्देशनमा केही समयअघि ‘रित्तो गाउँ’ नामक डकुमेन्ट्री सर्ट फिल्म बनेको थियो। युट्युबमा भने सार्वजनिक भएको छैन। यसअघि ज्ञवालीले डार्क मुन, एक लभर, आराध्या, हनिमुनजस्ता सर्ट फिल्म निर्माण गरिसकेका छन्।

प्रकाशित: २५ असार २०८१ १३:२४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four + eight =