एसईईमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई छात्रवृत्ति

हिमाल प्रेस २० असार २०८१ १३:५३
138
SHARES
एसईईमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई छात्रवृत्ति

सुनसरी‍- धरान उपमहानगरपालिकाको सहीद स्मृति माध्यमिक विद्यालयले एसईईमा उत्कृष्ट अंक ल्याउने विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको छ।

विद्यालयले विद्यार्थी प्रोत्साहन तथा छात्रवृत्ति कार्यक्रम आयोजना गरी नर्सरीदेखि कक्षा १० सम्म उत्कृष्ट नतिजा ल्याउने ३६ छात्र तथा छात्रालाई एक लाख रुपैयाँकाे छात्रवृत्ति वितरण गरिएको हो।

विद्यालयका प्रधानाध्यापक रामबहादुर विष्टका अनुसार प्रथम हुनेलाई ७५ प्रतिशत, द्वितीय हुनेलाई ६० प्रतिशत र तृतीय हुने विद्यार्थीलाई ५० प्रतिशत छात्रवृत्ति प्रदान गरिएको छ।

उनले भने,‘पढाइप्रति आकर्षित गर्न र प्रोत्साहनका लागि उत्कृष्ट अंक ल्याउने विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिएको हो।’

प्रकाशित: २० असार २०८१ १३:५३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 3 =