प्रतिनिधिसभाबाट आर्थिक विधेयक- २०८१ पारित

हिमाल प्रेस १६ असार २०८१ १६:५३ | Sunday, June 30, 2024
प्रतिनिधिसभाबाट आर्थिक विधेयक- २०८१ पारित

काठमाडौँ- प्रतिनिधिसभाबाट आर्थिक विधेयक, २०८१ पारित भएको छ। सभाको आजको बैठकमा अर्थमन्त्री वर्षमान पुनले प्रस्तुत गरेको ‘आर्थिक विधेयक, २०८१ लाई पारित गरियोस्’ भन्ने प्रस्ताव बहुमतबाट पारित भएको हो।

उक्त विधेयकमाथिको छलफलमा सांसदहरू प्रेम सुवाल, डा प्रशाकशरण महत, दीलेन्द्रप्रसाद बडू र किरणकुमार साहले भाग लिएका थिए। छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिँदै अर्थमन्त्री पुनले करका कानुनलाई वैज्ञानिक एवं लगानीमैत्री र पारदर्शी बनाउन आर्थिक विधेयकमा सामान्य हेरफेरको प्रस्ताव गरिएको बताए।

त्यसअघि उक्त विधेयकमाथि सांसद सुवाल र महतले राख्नुभएको संशोधन प्रस्ताव बहुमतले अस्वीकृत गरेको थियो।

प्रकाशित: १६ असार २०८१ १६:५३ | Sunday, June 30, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

11 − six =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast