गण्डकी प्रदेशसभा बैठकमा फणीन्द्रले पाए प्रवेश अनुमति

हिमाल प्रेस १४ असार २०८१ १६:३१
68
SHARES
गण्डकी प्रदेशसभा बैठकमा फणीन्द्रले पाए प्रवेश अनुमति फणीन्द्र देवकोटा

काठमाडौँ- नेपाल समाजवादी पार्टीका गण्डकी प्रदेशसभा सदस्य फणीन्द्र देवकोटालाई संसद् बैठककक्षमा प्रवेश गर्न बिहीबार रोक लगाएका सभामुख कृष्ण धितालले शुक्रबार भने कुनै रोकतोक नगर्न मर्यादापालकलाई निर्देशन दिए।

गत प्रदेशसभा निर्वाचनमा नेकपा माओवादीको चुनाव चिह्न लिएर चुनाव लडेर निर्वाचित बनेका देवकोटालाई कांग्रेस संसदीय दलका नेता सुरेन्द्रराज पाण्डेलाई मुख्यमन्त्रीमा विश्वासको मत दिएपछि माओवादीले उनलाई निलम्बन गरेको थियो। देवकोटा माओवादीको कारबाहीविरुद्ध सर्वोच्च पुगेका थिए।

सर्वोच्चले पनि फरक दलको सांसदलाई माओवादीले कारबाही गर्न नपाउने भन्दै उनलाई सांसदकै हैसियतमा कामकारबाही गर्न दिन अन्तरिम आदेश जारी गर्‍यो।

सर्वोच्चको उक्त आदेशसहितको पत्र संसद् सचिवालयमा बुधबार नै दर्ता भइसकेको थियो। बिहीबार भने बैठकको सुरुमै देवकोटालाई बैठकमा सहभागी हुन दिनू भन्ने सर्वोच्चको पत्र पढेर सभामुख धितालले बैठक अघि बढाए।

बैठकमा देवकोटा सत्तापक्षकै लाइनमा बसेका छन्। बिहीबारको बैठकमा सभामुख धितालले अदालतको आदेशमा आफूले अध्ययन गर्न नभ्याएको भन्दै देवकोटालाई प्रवेश निषेध गरेका थिए।
उनी यसअघि खानेपानी तथा ऊर्जा मन्त्री पनि भएका थिए। माओवादीको कारबाही पछि मन्त्री पद पनि गएको थियो। अब फेरि उनलाई सोही मन्त्रालयको जिम्मा दिने तयारी मुख्यमन्त्री पाण्डेको छ।

मुख्यमन्त्री पाण्डेलाई विश्वासको मत दिएर फ्लोर क्रस गरेको भन्दै माओवादी केन्द्रले देवकोटालाई ३२ जेठमा कारबाही गरेको थियो। त्यसपछि देवकोटाले ६ असारमा उक्त कारबाही बदरको माग गर्दै सर्वोच्च अदालतमा रिट हालेका थिए। उनले आफू नेसपासँग आबद्ध रहेको र माओवादीले कारबाही गर्न नमिल्ने जिकिर गरेका थिए। १० असारमा प्रकाशमान सिंह राउतको इजालसले देवकोटालाई कारबाही गर्ने निर्णय कार्यान्वयन नगर्न आदेश दिएको थियो।

सभामुखको निर्देशनमा गण्डकीका सांसद फणीन्द्र देवकोटालाई संसद् प्रवेशमा रोक

प्रकाशित: १४ असार २०८१ १६:३१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × two =