अछाममा खोजीखोजी भत्काउन थालियो छाउगोठ

हिमाल प्रेस ७ असार २०८१ १७:५७ | Friday, June 21, 2024
अछाममा खोजीखोजी भत्काउन थालियो छाउगोठ छाउगोठ भत्काउँदै स्थानीय महिलालगायत। तस्बिर- सागर रावल/हिमालप्रेस

अछाम- अछामको पञ्चदेवल विनायक नगरपालिकाले छाउगोठ भत्काउने अभियान सुरु गरेको छ। २०७५ सालमै छाउगोठ मुक्त जिल्ला बनेको अछाममा गत सोमबार राति १६ वर्षीया किशोरीमाथि छाउगोठमै बलात्कारको घटना भएको थियो।

गाउँगाउँमा अझै पनि छाउगोठमा छोरी चेलीलाई राख्ने गरेको पाइएपछि नगरपालिकाले गोठ भत्काउन थालेको वडा नम्बर ६ का वडा अध्यक्ष कमल रावलले जानकारी दिए।

जिल्ला प्रहरी कार्यालय, आस्था नेपाल, वाक नेपाल, थुप्रै संघ संस्था र विद्यालय र बालसञ्जालका प्रतिनिधिहरूको सहयोगमा छाउगोठ भत्काइएको हो। वडा नम्बर ६ का १६ वटा छाउगोठ भत्काइसकेको अध्यक्ष रावलको भनाइ छ। अन्य ठाउँमा पनि भत्काइने उनले बताए।

यो पनि 

छाउगोठमुक्त अछाम : किशोरीमाथि छाउगोठमै सामूहिक बलात्कार

प्रकाशित: ७ असार २०८१ १७:५७ | Friday, June 21, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast