अछाममा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु, तीन घाइते

हिमाल प्रेस १६ जेठ २०८३ ११:०६ | Saturday, May 30, 2026
8
SHARES
अछाममा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु, तीन घाइते

अछाम- अछामको पञ्चदेवल बिनायक नगरपालिका–४ थापामोडस्थित मध्यपहाडी राजमार्गमा गएराति जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। घटनामा तीन जना घाइते भएका छन्। दार्चुलाबाट जुम्ला जाँदै गरेको, सत्लोक आश्रम, जनकपुरको बाप्र ०१–०२७ च २२७७ नम्बरको जिप सडकबाट करिब २०० मिटर तल खसेको थियो।

दुर्घटनामा घाइते भएका मकवानपुर, हेटौँडा उपमहानगरपालिका बस्ने ४१ वर्षीय नवीन तुलाधर र बर्दिया बाँसघारी नगरपालिका–५ बस्ने ४५ वर्षका रामप्रकाश थारूको उपचारका क्रममा प्रादेशिक अस्पताल सुर्खेतमा मृत्यु भएको अछाम प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले जानकारी दिए।

उनका अनुसार घाइते सिराहा कल्याणपुर नगरपालिका–१० का २७ वर्षीय सन्तकुमार साह, स्याङ्जा फेदीखोला गाउपालिका–४ का अर्जुनकुमार पौडेल र जिप चालक नेपालगञ्ज उपमहागरपालिका–५ का चट्टान गुप्ताको उपचार भइरहेको छ।

प्रकाशित: १६ जेठ २०८३ ११:०६ | Saturday, May 30, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − nineteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast