गोली हानेर लुटपाट गरेको आरोपमा एक भारतीय नागरिक पक्राउ

हिमाल प्रेस ४ असार २०८१ २१:४१
36
SHARES
गोली हानेर लुटपाट गरेको आरोपमा एक भारतीय नागरिक पक्राउ प्रतिनिधिमूलक तस्बिर।

रौतहट- लुटपाटमा संलग्न भएको आरोपमा एक भारतीय नागरिक पक्राउ परेका छन्। भारतको विहार मोतिहारी जिल्ला पूर्वी चम्पारणका २० वर्षीय मोनुकुमार जैसवाललाई जिल्ला प्रहरी कार्यालय रौतहटले पक्राउ गरी आज (मंगलबार) सार्वजनिक गरेको हो।

असार २ गते साँझ अन्दाजी ५ः३० बजे रौतहट मौलापुर नगरपालिका–७ बाट घरेलु कटुवा पेस्तोलसहित थान एक, गोली राउण्ड थान दुईसमेतका दशी प्रमाणसहित पक्राउ गरिएको प्रहरी कार्यालय रौतहटका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक एलिजा गिरीले जानकारी दिए।

आरोपितलाई हातहतियार तथा खरखजाना, चोरी तथा डाँका र ज्यान मार्ने उद्योग मुद्दामा रौतहट जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको गिरीले बताए।

जेठ २२ गते दिउँसो १०ः१० बजेको समयमा रौतहट मौलापुर नपा वडा नं ६ पथरा बुधरामस्थित एक सहकारी संस्थामा काम गर्ने अरविन्दकुमार दासले नगद १७ लाख मौलापुरस्थित बैंकमा जम्मा गर्न लाँदै गर्दा तीन जना अपरिचित व्यक्तिले दासलाई पछाडिबाट गोली हानेर फरार भएका थिए।

प्रहरी अनुसन्धानका क्रममा उक्त घटनामा भारतको विहार राज्य मोतिहारी जिल्ला पूर्वी चम्पारण घोडाहसनमा सक्रिय बाबा ग्याङ नामको आपराधिक समूहको संलग्नता रहेको पत्ता लागेको थियो।

केही महिना अगाडि मात्र भारतीय एसएसबीको जवानलाई अन्य साथीहरुसँग मिली कुटपिट गरेको घटनामा पनि मोनु पक्राउ परेका थिए। उनै मोनु यस घटनाका मुख्य योजनाकार रहेको  प्रहरीले जनाएको छ।

प्रकाशित: ४ असार २०८१ २१:४१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × three =