जनकपुरमा सुरु हुँदैछ जसपा नेपालको महाधिवेशनको उद्घाटन शत्र, को को आउँदैछन् विदेशी अतिथि?

हिमाल प्रेस २८ जेठ २०८१ ९:४३
32
SHARES
जनकपुरमा सुरु हुँदैछ जसपा नेपालको महाधिवेशनको उद्घाटन शत्र, को को आउँदैछन् विदेशी अतिथि?

जनकपुरधाम- पार्टी विभाजन भएको एक महिनापछि जनता समाजवादी पार्टी (जसपा) नेपालको एकताको राष्ट्रिय महाधिवेशन आजबाट सुरु हुँदैछ।

३ दिनसम्म चल्ने महाधिवेशन जनकपुरधाममा आजबाट सुरु हुन लागेको हो। २०६३ मा मधेशी जनअधिकार फोरम गठन भएदेखि नेतृत्वमा रहेका उपेन्द्रले यसपालि पहिलो पटक महाधिवेशनको सामना गर्न लागेका छन्।

विभिन्न पार्टीसँग एकता र टुटफुट हुँदै उनी अहिले जसपा नेपालको नेतृत्वमा छन्। एकताको पहिलो महाधिवेशन भनिए पनि नेतृत्वमा उपेन्द्र आफैं दोहोरिने दाउमा छन्।अशोक राई, राजेन्द्र श्रेष्ठ, मोहम्मद इस्तियाक राई लगायतले पार्टी फुटाएर जसपा गठन गरेपछि उपेन्द्रविरुद्ध नेतृत्वमा कसैले दाबी गर्ने अवस्था नरहेको जसपा स्रोतले जनाएको छ।

यद्यपि उपेन्द्रलाई राजकिशोर यादवले नेतृत्वमा चुनौती दिनसक्ने चर्चा भइरहेको छ। तैपनि त्यो सम्भावना नरहेको नेताहरू दाबी गर्छन्। महाधिवेशनले २० जना पदाधिकारीको निर्वाचन गर्ने प्रचार विभाग प्रमुख बस्नेतले बताए।

उनका अनुसार महाधिवेशनले अध्यक्ष १, सहअध्यक्ष १, उपाध्यक्ष ५, महासचिव २, उपमहासचिव ३, सचिव ७ र कोषाध्यक्ष १, २०१ केन्द्रीय सदस्य र कार्यकारिणी सदस्य निर्वाचित गर्नेछ । सात सचिवमा भने प्रादेशिक क्लस्टरका आधारमा हुनेछ।

अध्यक्ष, सहअध्यक्ष र उपाध्यक्ष पदको उम्मेदवारलाई ७ हजार, महासचिव, उपमहासचिव, सचिव र कोषाध्यक्ष पदका उम्मेदवारका लागि ५ हजार, केन्द्रीय सदस्यमा उम्मेदवार हुन २ हजार शुल्क निर्धारण गरिएको छ।

को को सहभागी हुँदैछन् ?

जनता समाजवादी पार्टी नेपालको एकता महाधिवेशनमा प्रत्येक राजनीतिक दलका प्रमुख नेताहरुलाई आमन्त्रित गरिएको छ। जसपा नेपालका अनुसार अशोक राई नेतृत्वको जसपाबाहेकका सबै राजनीतिक दलका प्रमुख नेतालाई महाधिवेशनको उदघाटन सत्रमा सहभागी हुनका लागि आमन्त्रित गरिएको हो।

यसका साथै विभिन्न देशका अतिथिहरू समेत सहभागी हुने बताइएको छ । महाधिवेशनमा सहभागी हुन भारत मलेसिया, अजरबैजान, स्पेन र इण्डानेसियाबाट अतिथिहरु सहभागी हुन लागेका हुन्।
मलेसियाको डेमोक्रेटिक एक्सन पार्टीका युवा नेता नुर रहिम बिन निसार, भारतीय समाजवादी पार्टीका नेता एवम् सामाजिक चिन्तक डा।सुनिलम महाधिवेशनमा अतिथिको रूपमा आउँदैछन्।

त्यस्तै स्पेनिस सोशलिस्ट वर्कर पार्टीका अन्तर्राष्ट्रिय संयोजक रिकार्ड टोरेल, भारतका सोशलिस्ट पार्टीका प्रवक्ता मनिस सिंह, राष्ट्रिय जनता दलका प्रवक्ता आलोक मेहता, भारतीय कांग्रेसका नेता बीआर पाटिल र सोही पार्टीका प्रवक्ता उदित राज अतिथिको रूपमा आउन लागेका हुन्।

त्यस्तै अजरबैजान पार्टीका सांसद स्माइलोभ शाहिन, प्रोग्रेसिभ एलाइन्स र सोसल डेमोक्रेटिक एलाइन्सका प्रतिनिधि पनि महाधिवेशनमा आउने पार्टी स्रोतले जनाएको छ।

चिनियाँ कम्युनिस्ट पार्टीबाट भने कोही प्रतिनिधि नआउने बताइएको छ। यद्यपि सो पार्टीले जसपालाई महाधिवेशन सफलताको शुभकामना सन्देश पठाएको छ।

प्रकाशित: २८ जेठ २०८१ ९:४३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nine − one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast