विद्यार्थी अनुपातअनुसार शिक्षक व्यवस्थापन हुनुपर्छ : प्रभु साह

हिमाल प्रेस २६ जेठ २०८१ १८:१९
176
SHARES
विद्यार्थी अनुपातअनुसार शिक्षक व्यवस्थापन हुनुपर्छ : प्रभु साह आम जनता पार्टीका अध्यक्ष प्रभु साह। फाइल तस्बिर

महोत्तरी- सांसद प्रभु साहले मधेश प्रदेशका विद्यालयमा विद्यार्थीको अनुपातअनुसार शिक्षकको व्यवस्थापन गर्न माग गरेका छन्।

जिल्ला सदरमुकाम जलेश्वरमा आज आयोजित आमजनता पार्टीको जिल्ला भेलामा सांसद साहले मधेश प्रदेशको शिक्षास्तर निक्कै कमजोर भइसकेकाले राज्यको मूलधारको शिक्षामा ल्याउन विद्यार्थी अनुपात अनुसार शिक्षकको व्यवस्थापन गर्नुपर्ने आवश्यकता रहेको बताए।

सरकारले मधेशको शिक्षालाई सशक्त र प्रभावकारी बनाउन पहल नगरेको भन्दै यसले तराई मधेशका बालबालिकाको भविष्य अन्धकारमय हुने खतरा बढेको उनले बताए।

सांसद साहले राज्यले सधैँ मधेश र मधेशीमाथि विभेद्कारी नजर राखेको आरोप लगाउँदै मौलिक अधिकारको रुपमा रहेको शिक्षालाई सबैको पहुँचमा पुर्‍याउन खबरदारी गरे।

उनले शिक्षामा तराई मधेशका जनताले समान अवसर र स्थान पाउनुपर्नेमा जोड दिए।

प्रकाशित: २६ जेठ २०८१ १८:१९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eleven − nine =