खनालको टिप्पणी : कम्युनिस्ट पार्टीमा अवसरवाद मौलायो

हिमाल प्रेस २६ जेठ २०८१ १७:०१
20
SHARES
खनालको टिप्पणी : कम्युनिस्ट पार्टीमा अवसरवाद मौलायो

मकवानपुर- नेकपा एकीकृत समाजवादी पार्टीका सम्मानित नेता झलनाथ खनालले कम्युनिस्ट पार्टीमा दक्षिणपन्थी अवसरवाद मौलाएको टिप्पणी गरेका छन्।

एकीकृत समाजवादी हेटौँडा उपमहानगरपालिका कमिटीको आजदेखि सुरु भएको नगर अधिवेशन उद्घाटन गर्दै नेता खनालले समाजवादको ‘एजेण्डा’ बिना कम्युनिस्ट पार्टीहरू टिक्न नसक्ने बताए।

नेता खनालले समाजवादी क्रान्ति अहिलेको आवश्यकता भएको बताउँदै देशको समानुपातिक विकासका लागी समाजवाद अपरिहार्य रहेको बताए।‘अब सबै राजनीतिक दलले समाजवादलाई मुख्य विषय बनाउनुपर्छ’, उनले भने।

समाजवादले आम नागरीकका समस्या र गुनासो सम्बोधन गर्ने तर्क गर्दै उनले संघीय शासन व्यवस्थामा तिनवटै तहका सरकारले समाजवादी कार्यक्रम ल्याएर नागरिकलाई सहज रूपमा सेवा प्रवाह गर्नुपर्नेमा जोड दिए।

प्रकाशित: २६ जेठ २०८१ १७:०१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eight + eight =