राष्ट्रियसभामा बजेटमाथि उठेका प्रश्‍नको जबाफ दिँदै अर्थमन्त्री

हिमाल प्रेस २२ जेठ २०८१ ९:०१
10
SHARES
राष्ट्रियसभामा बजेटमाथि उठेका प्रश्‍नको जबाफ दिँदै अर्थमन्त्री

काठमाडौँ- राष्ट्रियसभाको बैठक बस्दैछ। बैठक १ः१५ बजे सुरु हुनेछ।

बैठकमा आर्थिक वर्ष २०८१/०८२ को राजस्व र व्ययको वार्षिक अनुमानमाथि छलफल जारी रहनेछ।

आजकै बैठकमा अर्थमन्त्री वर्षमान पुनले बजेटमाथि उठेका प्रश्नको जबाफ दिने कार्यसूची छ।

बैठकमा शोक प्रस्ताव पनि प्रस्तुत गर्ने कार्यसूची छ। संविधानसभा सदस्य तथा पूर्वमन्त्री सूर्यमान गुरुङ, २०४८ सालको प्रतिनिधिसभा सदस्य शैयद मेहराज अहमद शाह र राष्ट्रियसभाका पूर्वसदस्य खगेन्द्रराज रेग्मीको निधनमा शोक प्रस्ताव पस्तुत गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ।

प्रकाशित: २२ जेठ २०८१ ९:०१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

six + twelve =