प्रतिनिधिसभा र राष्ट्रियसभा बैठक बस्दै, बजेटमाथि छलफल चल्ने

हिमाल प्रेस २१ जेठ २०८१ ८:०६
प्रतिनिधिसभा र राष्ट्रियसभा बैठक बस्दै, बजेटमाथि छलफल चल्ने

काठमाडौँ- संघीय संसद्का दुवै सदनको बैठक सोमबार पनि बस्दैछ।

प्रतिनिधिसभाको बैठक बिहान ११ बजे बस्ने गरी आज संघीय संसद् भवन नयाँ बानेश्वरमा बोलाइएको छ।

आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालले नेपालको संविधानको धारा ५३ बमोजिमको ‘नेपाल सरकारको वार्षिक प्रतिवेदन आर्थिक वर्ष २०७९/०८०’ पेस गर्ने सम्भावित कार्यसूची रहेको छ।

यस्तै, बैठकमा हिजोबाट प्रारम्भ भएको आर्थिक वर्ष २०८१/०८२ को राजस्व र व्ययको वार्षिक अनुमानमाथिको सामान्य छलफल जारी रहने संसद् सचिवालयले जनाएको छ। हिजोदेखि जारी छलफल मंगलबार सम्म सकेर पास गर्ने तयारी सरकारले गरेको छ।

यसै गरी मध्याह्न सवा १२ बजे बस्ने गरी बोलाइएको राष्ट्रियसभाको बैठकमा पनि राजस्व र व्ययको वार्षिक अनुमानमाथिको छलफलले निरन्तरता पाउने छ।

 

प्रकाशित: २१ जेठ २०८१ ८:०६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × five =