संघीय संसद्को दुवै सदनको बैठक आज बस्दै ,यस्ता छन् कार्यसूची

हिमाल प्रेस १३ जेठ २०८३ ६:३७ | Wednesday, May 27, 2026
4
SHARES
संघीय संसद्को दुवै सदनको बैठक आज बस्दै ,यस्ता छन् कार्यसूची

काठमाडौँ- संघीय संसद्का दुवै सदनको बैठक आज (बुधबार) छुट्टाछुट्टै समयमा बस्ने भएको छ । संसद् सचिवालयका अनुसार प्रतिनिधिसभाको बैठक बिहान ११ बजे र राष्ट्रियसभाको बैठक दिउँसो १ः१५ बजेका लागि बोलाइएको छ ।आजको प्रतिनिधिसभा बैठकमा राष्ट्रियसभामा उत्पत्ति भएको ‘अभौतिक सांस्कृतिक सम्पदा (संरक्षण) विधेयक, २०८१’ का सम्बन्धमा प्राप्त सन्देशसहितको विधेयक टेबुल गरिने सम्भावित कार्यसूची रहेको छ। यस्तै अर्थमन्त्री डा स्वर्णिम वाग्लेले आर्थिक वर्ष २०८२/८३ को आर्थिक सर्वेक्षण पेस गर्ने कार्यक्रम रहेको छ ।

यस्तै, सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले राष्ट्रियसभामा उत्पत्ति भएको ‘चलचित्र विधेयक, २०८२’ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको सचिवालयले जनाएको छ ।

आजै राष्ट्रियसभाको बैठकमा पनि अर्थमन्त्री डा। स्वर्णिम वाग्लेले आर्थिक वर्ष २०८२/८३ को आर्थिक सर्वेक्षण पेस गर्नेछन् । साथै, मन्त्री वाग्लेले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त भएको ‘वैकल्पिक विकास वित्त परिचालन विधेयक, २०८२’ माथि विचार गरियोस् भन्ने प्रस्ताव समेत प्रस्तुत गर्ने कार्यसूची तय गरिएको छ ।

प्रतिनिधिसभा अन्तर्गतकै कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठक पनि आजै बिहान बस्ने भएको छ । किसानलाई रासायनिक मलको सहज एवं सुलभ आपूर्तिका विषयमा केन्द्रित रहेर समितिले छलफल गर्न लागिएको सचिवालयले जनाएको छ।

बैठकमा रासायनिक मलको वर्तमान मौज्दात, वितरण प्रणाली र भावी योजनाका सम्बन्धमा कृषि सामग्री कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडका पदाधिकारीहरूसँग विस्तृत छलफल गरिने कार्यसूची रहेको छ ।

 

प्रकाशित: १३ जेठ २०८३ ६:३७ | Wednesday, May 27, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen − 16 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast