आफ्नो क्षेत्रमा बजेट पारेकोमा भौतिक पूर्वाधारमन्त्रीसँग आक्रामक लिङ्देन, रोस्टममै च्याते बजेट पुस्तिका

हिमाल प्रेस ४ असार २०८१ १३:१७ | Tuesday, June 18, 2024
आफ्नो क्षेत्रमा बजेट पारेकोमा भौतिक पूर्वाधारमन्त्रीसँग आक्रामक लिङ्देन, रोस्टममै च्याते बजेट पुस्तिका

काठमाडौँ- आफ्नो क्षेत्रमा बजेट नपारेको भन्दै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले बजेट पुस्तिका च्यातेका छन्।

उनले प्रतिनिधिसभाको रोष्टममै भौतिक पूर्वाधार मन्त्रालयको बजेट पुस्तिका च्यातेका हुन्।

उनले बजेटप्रति सुरुबाट नै विरोध जनाउँदै आएका थिए। मंगलबार प्रतिनिधि सभामा मन्त्रालयगत बजेटमाथिको छलफलमा भाग लिँदै उनले बजेट पुस्तिका च्यातेका छन्।

उनले भने, ‘सामान्यतया म आफूलाई हेर्दा कम आक्रोश पोख्ने, कम रिसाउन मान्छे हो । रिस उठ्छ कहिलेकाहीँ तर एकछिनपछि सेलाउने र मन बुझाउने ठान्छु । तर, जब भौतिक पूर्वाधार मन्त्रालयको बजेटको पुस्तिका हातमा पर्‍यो त्यो दिनदेखि म यसरी तातिएको छु कि यसरी च्यातेर हुर्‍याउने मन छ । तर, यो संसदीय मर्यादा विपरीत हुन्छ भनेर यहाँ राख्छु मैले’

उनले भौतिक पूर्वाधार मन्त्रालयको बजेटको पुस्तिका हातमा परेपछि नै आफूलाई रिस उठेको बताए ।

प्रकाशित: ४ असार २०८१ १३:१७ | Tuesday, June 18, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast