बंगलादेशलाई हराउँदै अमेरिकाले जित्यो शृंखला

हिमाल प्रेस ११ जेठ २०८१ ८:१५
10
SHARES
बंगलादेशलाई हराउँदै अमेरिकाले जित्यो शृंखला

काठमाडौँ-  लगातार बंगलादेशलाई हराउँदै अमेरिकाले टी-२० आई शृंखला एक खेलअगावै जितेको छ। बिहीबार राति सम्पन्न दोस्रो खेलमा बंगलादेशलाई ५ रनले पराजित गर्दै अमेरिकाले शृंखला जितेको हो।

अमेरिकाले दिएको १४४ रनको लक्ष्य पछ्याएको बंगलादेशले १९.३ ओभरमा सबै विकेट गुमाउँदै १३८ रन मात्रै बनाउन सक्यो। बंगलादेशका कप्तान नजमुल हुसेन शान्तोले सर्वाधिक ३६ रन बनाए। ३४ बल खेलेका उनले २ चौका र १ छक्का प्रहार गरे।

शकिब अल हसन ३०, तौहिद ह्वदय २५ र तान्जिद हसन १९ रनमा आउट हुँदा अन्यको प्रदर्शन राम्रो हुन सकेन। अमेरिकाका अली खानले सर्वाधिक ३ विकेट लिए। सौरभ नेत्रवलकर र शैडली भ्यान शल्कविकले २/२ विकेट लिँदा कोरी एन्डर्सन र जसदीप सिंहको नाममा १/१ विकेट रह्यो।

त्यसअघि प्रेरी भ्यू क्रिकेट कम्प्लेक्समा टस हारेर पहिला ब्याटिङ गरेको अमेरिकाले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १४४ रन बनायो। अमेरिकाका कप्तान मोनांक पटेलले सर्वाधिक ४२ रन बनाए। ३८ बल खेलेका उनले ४ चौका र १ छक्का प्रहार गरे।

आरोन जोन्स ३५, स्टीव टेलर ३१ र कोरी एन्डर्सन ११ रनमाआउट हुँदा नितिश कुमार ७ र शैडली भ्यान शल्कविक ७ रनमा अविजित रहे। बंगलादेशका शरीफुल इस्लाम, मुस्ताफिजुर रहमान र रिशाद हुसेनले २/२ विकेट लिए।

प्रकाशित: ११ जेठ २०८१ ८:१५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eight − two =