इन्टरपोलबाट रेड नोटिस जारी भएका एकजना रोमानियाबाट पक्राउ

हिमाल प्रेस ९ जेठ २०८१ २१:३०
12
SHARES
इन्टरपोलबाट रेड नोटिस जारी भएका एकजना रोमानियाबाट पक्राउ प्रतिनिधिमूलक तस्बिर।

काठमाडौँ-  जबरजस्ती करणी मुद्दामा इन्टरपोलबाट रेड नोटिस जारी भएका एकजना व्यक्ति रोमानियाबाट पक्राउ परेका छन्। रामेछापको खाँडादेवी गाउँपालिका–९ का २४ वर्षीया गौरब नेपाली पक्राउ परेका हुन्।

एनसीबी बुचरेस्टको समन्वयमा रोमानियामा पक्राउ परेका उनलाई सम्बन्धित मुद्दामा कारबाही गर्ने गराउने प्रयोजनार्थ बुधबार नेपाल फिर्ता ल्याइएको प्रहरीको भनाइ छ।

गौरव भएको जबरजस्ती करणी मुद्दाको अनुसन्धानको सिलसिलामा अन्तर्राष्ट्रिय स्तरमा खोजतलास एवं पक्राउ गर्नको लागि जिल्ला प्रहरी कार्यालय रामेछाप मन्थलीबाट अनुरोध भएपश्‍चात एनसीबी काठमाडौँको अनुरोधमा इन्टरपोल महासचिवालयबाट सन् २०२३ अप्रिल २४ मा उनी विरूद्ध रेड नोटिस जारी भएको थियो।

उनलाई आवश्यक अनुसन्धान एवं कारबाहीको लागि प्रहरी वृत्त गौशाला काठमाडौँमा बुझाइएको छ।

प्रकाशित: ९ जेठ २०८१ २१:३०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × one =