कैलाली- कैलालीको कैलारी गाउँपालिका-८, लोहरपुर तेडी बाँध नदीमा नुहाउने क्रममा आज (आइतबार) दुई बालबालिकाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा कैलारी-८, लोहरपुरका सात वर्षीय अमिल खड्का र १३ वर्षीया दुर्गा साउँदको रहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक सरस्वती अधिकारीले जानकारी दिइन्।
उनका अनुसार बालक खड्काको घटनास्थलमै र बालिका साउँदको सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको हो। दुवैको शव सेती प्रादेशिक अस्पतालमा राखिएको प्रहरीले जनाएको छ।
प्रकाशित: ३० वैशाख २०८१ १९:२५
प्रतिक्रिया