पोखराको फुस्रे खोलामा पौडी खेल्ने क्रममा डुबेर बालकको मृत्यु

हिमाल प्रेस १५ जेठ २०८३ ७:२३ | Friday, May 29, 2026
8
SHARES
पोखराको फुस्रे खोलामा पौडी खेल्ने क्रममा डुबेर बालकको मृत्यु

कास्की- पोखराको फुस्रे खोलामा बिहीबार पौडी खेल्ने क्रममा डुबेर एक बालकको मृत्यु भएको छ।

पोखरा महानगरपालिका-१७ छोरेपाटनस्थित सो खोलामा पौडी खेल्ने क्रममा ड्यामसाइड बस्ने १४ वर्षीय स्वहेन नेपाली बेपत्ता भएको सशस्त्र प्रहरी बल कालिका गणका गणपति सशस्त्र प्रहरी उपरीक्षक वसन्तबहादुर सिंहले जानकारी दिए।

बालक बेपत्ता भएको सूचना प्राप्त भएपछि सशस्त्र प्रहरी निरीक्षक विनोद पौडेलको कमाण्डमा गोताखोरसहितको १४ जनाको प्रहरी टोली उद्धारमा खटिएको थियो।

सो टोलीले खोजी गर्ने क्रममा बालकलाई अचेत अवस्थामा उद्धार गरेको थियो। उद्धारपछि तत्काल उपचारका लागि पश्चिम क्षेत्रीय अस्पताल पु-याएको र सोही क्रममा चिकित्सकले बालकलाई मृत घोषणा गरेको प्रहरी उपरीक्षक सिंहले जानकारी दिए।

प्रकाशित: १५ जेठ २०८३ ७:२३ | Friday, May 29, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast