लुम्बिनीमा जसपाका मन्त्री अहिरले दिए राजीनामा

हिमाल प्रेस ९ वैशाख २०८१ १३:०४
32
SHARES
लुम्बिनीमा जसपाका मन्त्री अहिरले दिए राजीनामा

लुम्बिनी- जनता समाजवादी पार्टीबाट लुम्बिनी सरकारमा सहभागी मन्त्री भण्डारीलाल अहिरले सरकार छाड्ने घोषणा गरेका छन्। कृषि तथा भूमि व्यवस्थामन्त्री अहिरले मन्त्री पदबाट राजीनामा दिएका हुन्।

जसपा प्रदेश अध्यक्ष अशोक यादवले जसपालाई मुख्यमन्त्रीले दुई मन्त्रालय दिने लिखित सहमति उल्लंघन गरेकाले सरकारबाट फिर्ता हुने निर्णय गरेको बताए। सरकारबाट मन्त्री फिर्ता भए पनि समर्थन भने कायम रहने उनले बताए।

मन्त्री अहिरले पनि पार्टीको निर्णयअनुसार आफूले राजीनामा दिएको बताए। मुख्यमन्त्री र गठबन्धनका दलहरूले सहमति उल्लंघन गरेर गठबन्धनको मूल्य मान्यता र मर्मविपरीत गएकाले नैतिकता सिकाउन आफूहरू सरकार बाहिर रहेर पनि समर्थन गर्ने अहिरले बताए। लुम्बिनी प्रदेशसभामा जसपाका ३ सांसद छन्। जसपाले सरकारलाई दिएको समर्थन फिर्ता लिए पनि ४५ सांसद अर्थात् बहुमत कायमै रहन्छ।

प्रकाशित: ९ वैशाख २०८१ १३:०४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eleven − 7 =