अर्थमन्त्री पुन अमेरिका प्रस्थान

हिमाल प्रेस ३ वैशाख २०८१ ८:१०
अर्थमन्त्री पुन अमेरिका प्रस्थान

काठमाडौँ- अर्थमन्त्री वर्षमान पुन विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोषको संयुक्त वसन्तकालीन बैठकमा सहभागी हुन अमेरिका प्रस्थान गरेका छन्।

मन्त्री पुन तीन दिने भ्रमणका लागि नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज बिहान २ बजे कतारवेजको जहाजमार्फत त्यसतर्फ उडेका हुन्।

टोलीमा मन्त्री पुनसहित अर्थ मन्त्रालयको अन्तर्राष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखाका प्रमुख सहसचिव श्रीकृष्ण नेपाल, सोही महाशाखाअन्तर्गत विश्व बैंक डेस्क हेर्ने उपसचिव कञ्चन बस्नेत र मन्त्री पुनका निजी सचिवसमेत रहेका अर्का उपसचिव भुपालराज शाक्य छन्।

भ्रमणका क्रममा मन्त्री पुनले अमेरिकामा विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोषसहित विभिन्न दातृ निकायका प्रमुख तथा प्रतिनिधिहरूसँग भेटघाट गर्ने कार्यक्रम रहेको छ।

 

 

 

प्रकाशित: ३ वैशाख २०८१ ८:१०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen + three =