नागढुंगा सुरुङ मार्ग आज छिचोलिँदै

हिमाल प्रेस ३ वैशाख २०८१ ७:४९
2
SHARE
नागढुंगा सुरुङ मार्ग आज छिचोलिँदै

काठमाडौँ- नागढुंगा सुरुङ मार्गको मुख्य सुरुङ सोमबार (आज) छिचोलिने भएको छ।

नागढुंगा सुरुङ निर्माण परियोजनाका उपनिर्देशक गोविन्द दुमरुका अनुसार आज औपचारिक कार्यक्रमबीच सुरुङ ‘ब्रेक थ्रु’ गर्न लागिएको हो।

ब्रेक थ्रु कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहभागी हुनेछन्।

चन्द्रागिरि नगरपालिकाको बलम्बुदेखि धादिङको सिस्नेखोला जोड्ने नागढुंगा सुरुङमार्ग आयोजनाको मुख्य सुरुङको लम्बाइ दुई हजार ६६७ मिटर छ। आज दुई मिटर खनेपछि छिचोलिने छ।

आयोजनाको उद्धार (रेस्क्यु) सुरुङ गत साउनमै छिचोलिसकिएको छ।

छिचोलिने बित्तिकै उक्त सुरुङमार्ग सञ्चालनमा भने आउँदैन। आयोजना निर्माण पूरै सकिएपछि मात्रै सवारी साधन चल्नछन्।

आगामी एक वर्षभित्र सबै काम सकेर सवारी साधनका लागि खुला गर्ने आयोजनाले बताउँदै आएको छ।

सुरुको सम्झौताअनुसार काम थालिएको ४२ महिनाभित्र अर्थात् गत वर्ष वैशाखमै यो आयोजनाको निर्माण पूरा भइसक्नुपर्ने थियो।

कोरोना महामारी, स्थानीय विवाद तथा सुरुङ खन्ने क्रममा देखिएको प्राविधिक समस्या लगायत कारण आयोजना समयमा निर्माण हुन नसकेको आयोजनाले बताएको छ।

प्रकाशित: ३ वैशाख २०८१ ७:४९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × 5 =