जनकपुरमा नेपाल-भारत सांस्कृतिक महोत्सव

हिमाल प्रेस २ वैशाख २०८१ १०:३७
14
SHARES
जनकपुरमा नेपाल-भारत सांस्कृतिक महोत्सव

काठमाडौँ- भारतीय दूतावास, काठमाडौँस्थित स्वामी विवेकानन्द सांस्कृतिक केन्द्र, वीरगन्जस्थित भारतको महावाणिज्य दूतावास र बीपी कोइराला भारत-नेपाल फाउन्डेसनले नेपाली नयाँ वर्ष २०८१ को अवसर पारेर शनिबार जनकपुरधाम सांस्कृतिक महोत्सवको दोस्रो संस्करणको आयोजना गरेको छ।

जनकपुरस्थित महेन्द्रनारायण निधि मिथिला सांस्कृतिक केन्द्रमा आयोजित महोत्सव दुई सत्रमा विभाजित थियो। कार्यक्रमको पहिलो सत्रमा हरिवंश झाले ‘जानकी लीला’ मा महत्त्वपूर्ण व्याख्यान प्रस्तुत गरेका थिए। कार्यक्रममा नेपाल र भारतका किल्लाको प्रदर्शनी र चर्चित सेफ सन्तोष साहद्वारा प्रस्तुत मैथिली फुड फेस्टिभल पनि समावेश थियो।

दोस्रो सत्रमा स्वामी विवेकानन्द सांस्कृतिक केन्द्रका गुरु तथा कलाकारले भगवान राम र सीताको जीवनीमा आधारित भजनको सांगीतिक प्रस्तुति प्रस्तुत गरेका थिए। दोस्रो सत्रको विशेष आकर्षण प्रसिद्घ नेपाली गायिका मेनुका पौडेलको प्रस्तुति थियो। मेनुका पौडेल इन्डियन आइडल २०२४ को उत्कृष्ट १० मा पर्न सफल भएकी थिइन्।

महोत्सवको पहिलो सत्रको उद्घाटन मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले गरेका थिए। जनकपुरधाम उपमहानगरपालिकाका मेयर मनोजकुमार साहले साँझको सांस्कृतिक कार्यक्रममा प्रमुख अतिथिका रूपमा उपस्थिति जनाएका थिए।

महोत्सवमा मधेश प्रदेशका प्रदेशसभा सदस्य, प्रतिष्ठित व्यक्तित्व र सञ्चारकर्मीहरुको सहभागिता थियो। महोत्सवमा दुई देशका कला र संस्कृति झल्किने प्रस्तुतिले उपस्थित दर्शकले पर्याप्त मनोरञ्जन लिएका थिए।

जनकपुरधाम सांस्कृतिक महोत्सवको पहिलो संस्करण सन् २०२३ अप्रिलमा आयोजना गरिएको थियो।

प्रकाशित: २ वैशाख २०८१ १०:३७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × four =