नेपाल र वेस्ट इन्डिज ‘ए’बीच ५ टी-२० को खेल हुने

हिमाल प्रेस २७ चैत २०८० ७:५६
8
SHARES
नेपाल र वेस्ट इन्डिज ‘ए’बीच ५ टी-२० को खेल हुने

काठमाडौँ- आईसीसी टी-२० विश्वकपअघि नेपालले वेस्ट इन्डिज ‘ए’सँग पाँचवटा टी-२० शृंखला खेल्ने भएको हो।

त्यसका लागि वेस्टइन्डिज पहिलोपटक नेपाल आउँदैछ। उक्त खेलको खेल तालिका वेस्टइन्डिज क्रिकेट बोर्डले सार्वजनिक गरेको हो। जसअनुसार पहिलो खेल अप्रिल २७ मा हुनेछ।

यसपछि दोस्रो अप्रिल २८, तेस्रो मे १, चौथो मे २ र पाचौँ मे ४ मा हुनेछन्। सबै खेल काठमाडौँस्थित त्रिवि क्रिकेट मैदानमा हुनेछ।

खेल नेपाली समयानुसार दिउँसो १ बजे सुरु हुनेछ।

ओमानबाट पर्खेपछि नेपालले घरेलु मैदानमा वेस्ट इन्डिज ‘ए’सँग टी-२० शृंखला खेल्ने भएको हो।

उक्त शृंखला खेलेपछि नेपाली टोली आईसीसी टी-२० विश्वकपका लागि अमेरिका जानेछ।

प्रकाशित: २७ चैत २०८० ७:५६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

10 + thirteen =